अरबको सामुद्रिक आँधी सक्रिय, वर्षा र हिमपातको सम्भावना

बिहिबार, कार्तिक २१, २०७६



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुन सक्ने छ  ।नेपालमा पश्चिमी वायुको साथै ‘मह’ नामको चक्रवातको आंशिक प्रभाव परेको महाशाखाले जनाएको छ ।

मौसमा आएको बदली कारण पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि एक-दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको संभावना रहेको मौसमविद्ले जनाएका छन्।

‘अरबको सामुद्रिक आँधीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा सक्रिय बनेको छ’, मौसमविद् शान्ति कँडेलले भनिन्, ‘यसले मध्यपहाडी भेगमा वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउने छ ।’

कँडेलका अनुसार गएरातिदेखि मध्य र पूर्वी पहाडी भूभागसँगै पश्चिमी भेगमा वर्षाको लक्षण देखिएको छ । देशको पश्चिमी वायुको प्रभाव बलियो हुँदा पश्चिमतिर रहेको उच्च हिमाली भेगमा रातिदेखि नै हिमपात हुने अनुमान महाशाखाले गरेको छ ।

आज दिउँसो देशको पश्चिम र मध्य भूभाग लगायत पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहने महाशाखाले जनाएको छ ।

यस्तै देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडि भूभागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमालि भूभागमा हिमपातको सम्भावना रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata