हिमपात र वर्षाका कारण मुख्य राजमार्ग अवरुद्ध

बिहिबार, पुस २४, २०७६



बैतडी ।  आज देशभर मौसम बदलीका साथै भारी मात्रामा वर्षा एवं हिमपात भइरहेको छ । यसैक्रममा  सुदूरपश्चिमका पहाडी जिल्लामा बुधबारदेखि हिउँ परिरहेका छ । निरन्तर हिउँ पर्न थालेसँगै बढेको चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ । बुधबार रातिदेखि पर्न लागेको हिउँ अझैं रोकिएको छैन ।

सुदूरका पहाड डडेलधुरा, बझाङ, डोटी, बाजुरा र दार्जुलासहित उच्च लेकाली क्षेत्रमा भारी हिमपात भएको छ । चिसो बढेपछि मानिसहरु घरभित्रै बसेका छन् । वस्तुभाउलाई बुधबारदेखि नै बाहिर निकाल्न नपाएको स्थानीयले बताए ।

राजमार्ग अवरुद्ध :

हिमपातले पहाडी सात जिल्ला दुईवटा मुख्य सडक अवरुद्ध भएको छ । बैतडी, डडेलधुरा, डोटी, अछाम, बाजुरा, दर्चुला, बझाङको सडक अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रदेशको मुख्य राजमार्गका रूपमा रहेको भीमदत्त र दशरथचन्द राजमार्ग अवरुद्ध छन् ।

डडेलधुराको भीमदत्त राजमार्गअन्र्तगत भर्ने सदरमुकाम अमरगढी भालुमारे, अमजमेरु गाउँपालिकाको अनारखोली बजार, गन्यापधुराको साहुँखर्क, हगुल्टे, मेलखर्कलगायतका स्थानमा भारी हिमपतालका कारण राजमार्गमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख दधिराम न्यौपानले जानकारी दिए ।

उनका अनुसार बुधबार राति हिमपात सुरु हुनभन्दा पहिले नै यातायातका साधनहरु सञ्चालन गर्न रोक लगाएर सुरक्षित स्थान तथा होटलमा बस्न अनुरोध गरिएको थियो । केही सवारी भने हिउँका कारण बाटैमा रोकिएका छन् । अवरुद्ध सडक स्काभेटरको प्रयोग गरी खुलाउने प्रयास गरिएको डीएसपी न्यौपानेले जनाए । बैतडीको खोड्पे बजार, डोल्यामोट, सिरभाबर, मुस्याचोर, सतबाजलगायतका स्थानमा पनि सडक बन्द छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments