न्यून चापीय प्रणालीका कारण हिमपातको सम्भावना

मङ्लबार, पुस १५, २०७६



काठमाडौं । नेपालमा पश्चिमी न्युन चापीय प्रणााली नेपाल प्रवेश गर्ने क्रममा रहेकाले पश्चिमी क्षेत्रमा मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल जम्मू–कश्मीर माथि रहेको न्यून चापीय प्रणाली मंगलबार बेलुकासम्म नेपाल प्रवेश गर्ने र सोही कारण मौसम बदली हुने विभागले जनाएको छ ।

मंगलबार दिउँसो देशका पश्चिमी तथा मध्य भूभागमा आंशिक देखि सामान्य बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति देशभर आंशिक देखि सामान्य बदली रहने र देशका पश्चिमी उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणाली बुधबार बेलुकासम्म सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा समेत मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

सो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली हुने र न्यूनतम तापक्रम अति कम भइ देशभरी चिसो बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments