हिमपहिरोमा हराइरहेकाहरुकाे खोजी गर्न गएको उद्धार टोली रित्तो फर्कियो

शुक्रबार, माघ १०, २०७६



काठमाडौं । अन्नपूर्ण पद मार्गमा हराएका चार जना कोरियन र तीन जना नेपालीको उद्धार कार्यमा खटिएको टोली रित्तो हात फर्किएको छ ।  अन्नपूर्ण आधारशिविर नजिकैको हेङ्कु क्षेत्रमा गत शुक्रबार हिमपहिरो परि उनीहरु वेपत्ता भएका थिए ।

उनीहरुको खोजी कार्यमा खटिएको टोली बाक्लो हिउँ र धेरै चिसोका कारण उद्धारकर्ताहरु नै जोखिममा परेपछि तत्कालका लागि उद्धार कार्य स्थगित गरेर टोली फर्किएको ट्रेकिङ एजेन्सिज् एसोसियशन अफ् नेपाल पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिए । उनीहरुको खोजीका लागि उच्च प्रविधिसहितको कोरियाली र तालिम प्राप्त कुकुरसहित नेपाली सेनाको टोली खटिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments