हिमालय एयरलाइन्सले हप्ताको तीन दिन काठमाडौं टू बेइजिङ उडान भर्ने

आइतवार, कार्तिक १०, २०७६



काठमाडौं । हिमालय एयरलाइन्स्, अन्तर्राष्ट्रियरुपमा सञ्चालित नेपाल–चीन संयुक्त वायुसेवा उद्यमले चीनबाट भित्रिने र बाहिरिने यात्रुहरुको माग पुरा गर्नका लागि हरेक हप्ता तीन पटक काठमाडौंबाट चीनको राजधानी बेइजिङ उडान भर्न नयाँ तालिका सार्वजनिक गरेको छ ।

एयरलाइन्स्ले बेइजिङका लागि आइतबारे आफ्नो पहिलो उडान सार्वजनिक गर्दै दुई देशका दुई राजधानीबीच ऐतिहासिक सिधा सञ्जाल स्थापना गरेको हो ।

नयाँ उडान हिमालय एयरलाइन्स्को सञ्जाल विस्तारको व्यावसायिक रणनीतिमा नवीनतम कदम हो र यसले नेपाल–चीनको सम्पर्कलाई बढाउन मद्दत गर्दछ । चीन नेपालभित्रिने पर्यटकहरुको दोस्रो ठूलो बजार बाहेक नेपालको एउटा महत्वपूर्ण व्यापारिक साझेदार हो ।

Hisus_IMG_

हालैका वर्षहरुमा व्यावसायिक तथा घुमफिरका लागि आउने पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ । यसले पर्यटक संख्या र यसबाट हुने आम्दानीमात्र नबढाएर दुई देशबीचको महत्वपूर्ण व्यापार सम्झौताहरुलाई पनि प्रवद्र्धन गरिरहेको छ ।

यो वृद्धि नेपाल सरकार र चीन सरकारबीचजुलाई २०१९ माभएको संशोधितहवाई सेवा सम्झौताको उपलब्धि हो । जसले नेपाली एयरलाइन्स् कम्पनीहरुलाई सन् २०१९ कालागि पाँच वटा गन्तव्यस्थान उडानका लागि खुला ग¥यो र २०२० का लागि थप नयाँ तीन गन्तव्य स्थान उडानका लागि बाटो खुलागरि दिएको छ । यो नयाँ संशोधनका साथसाथै बेइजिङमा हालै स्थापना भएको डेक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले हिमालय एयरलाइन्सका लागि बाटो खुला गरि दिएको हो ।

¥याडिसन एयरपोर्ट रेस्टुरेन्टमा आयोजित पूर्व–उडान उद्घाटन उडानको केक काट्ने कार्यक्रममा संस्कृति, पर्यटन तथा उडड्यन मन्त्री योगेश भट्टराई, चिनियाँ राजदूत होउयाङची र सचिव केदार बाहादुर अधिकारी लगायतक्यान, पर्यटन बोर्ड, त्रिभुवन विमानस्थल कार्यालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata