हिमालय एयरलाइन्सद्वारा टिकटकाे पैसा फिर्ता लिन यात्रुहरुलाई आग्रह

आइतवार, चैत्र २, २०७६



काठमाडौँ । कोरोना भाइरस अर्थात् कोभिड- १९ को प्रकोप रोकथामको लागि कतारले मार्च ९ तारिखदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएसँगै  हिमालय एयरलाइन्सद्वारा टिकटकाे पैसा फिर्ता लिन यात्रुहरुलाई आग्रह गरेकाे छ ।

कतारको दोहाको लागि टिकट लिएका यात्रुलाई पैसा फिर्ता लिन हिमालय एयरलाइन्सले आग्रह गरेको हाे ।  मार्च ९ तारिखपछिको उडानका लागि टिकट लिएका यात्रुलाई सम्बन्धित ट्राभल कम्पनीबाट टिकटको पैसा फिर्ता लिन हिमालय एयरलाइन्सले आग्रह गरेको हो ।

यात्रुले अतिरिक्त शुल्क नतिरी यात्राको मिति भने परिवर्तन गर्न पाउने एयरलाइन्सले जनाएको छ । अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुँदा वैदेशिक रोजगारमा जान लागेका हजारौँ युवाहरू अलपत्र परेका छन् । विश्वभर डर लाग्दो रूपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै विभिन्न देशहरूले आवत जावत बन्द गर्नुका साथै आफ्ना नागरिकको सुरक्षाको लागि विशेष पहलकदमी गरिरहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments