हिमालय एयरलाईन्सले काठमाडौं भित्र्यायो आफ्नो तेश्रो विमान

शुक्रबार, चैत्र १८, २०७३



काठमाडौं । हिमालय एयरलाइन्सले एयर बस ए ३२०-१२४ जहाज शुक्रबार काठमाडौं भित्र्याएको छ । हिमालयको उक्त एयरवस विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएको हो ।

यो संगै हिमालय एयरलाइन्सले आफ्नो तेश्रो विमान नेपालमा भित्र्याएको छ । नयाँ एयरबस जर्मनीबाट उडाएर काठमाडौं ल्याइएको हो ।

हिमालयन एयरलाइन्ससँग हाल दुई एयरबस छ र कतारको दोहा, श्रीलंकाको कोलम्बो, मलेसियाको क्वालालम्पुर र म्यानमारको रंगुनमा उडान भर्दै आएको छ ।

अब साउदी अरबको दमाम, हङकङ, भारतका दिल्ली, अहमदावाद र चेन्नाई र दोस्रो चरणमा दुवई थाइल्याण्डको बैंकक चीनको बेइजिङ तथा ल्हासा र छेङ्दुमा प्रत्यक्ष उडान गर्ने योजना रहेको बताएको छ ।

कम्पनीले एकवर्षभित्रै वाइड बडी एयरबस ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिका उडान भर्ने योजना पनि बनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments