हिमाल पहाड तराई (कविता)

शनिबार, फाल्गुन २६, २०७४

- राकेश कार्की (लस एन्जेलस)



हिमाल पहाड तराई
एउटै मालामा उनाउँ

संपूर्ण नेपाली मिलेर
नेपाल राष्ट्र बलियो बनाउँ

नेपाल हाम्री आमा हुन्
नेपाली हाम्रो जात हो

हिमाल पहाड तराई
चिर्न खोज्नु घात हो

हिमाल पहाड तराई
जहाँ जन्मे नि एउटै भूमी हो

दाजुभाई दिदीबैनीले नरोक्दा
हाम्रा कति भूभाग गुमी गो

पूर्खाले आर्ज्याको हाम्रो मुलुकमा
नेपालीकै रगत बगेको छ

हिमाल पहाड तराई जहाँ पनि
आफ्नैपनमा लगेको छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank