हिल्सा नाकाको अध्ययन गरिने

मङ्लबार, जेष्ठ १, २०७५



काठमाडौँ ।
कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको ‘हिल्सा नाका’ को अध्ययन गर्ने भएको छ ।

हिल्सा हुँदै चीनको मानसरोवर आवतजावत हुने भएको हुँदा त्यस क्षेत्रमा हुने कारोबारलाई व्यवस्थित गर्नका लागि सो अध्ययन गर्न लागिएको छ । आयोगले विज्ञका रुपमा डा हरि रोकालाई छनोट गरिसकेको छ ।

उक्त स्थानमा पाइने प्राकृतिक सौन्दर्य, स्थानीय सम्पदा क्षेत्रलगायतको संरक्षण गरी पर्यटकीयस्थलका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

कर्णाली करिडोरका रुपमा कालीकोटको मान्मा—सिमीकोट— हिल्सा सडकखण्ड विकास हुन लागेका कारण त्यस क्षेत्रमा भन्सारको व्यवस्था गरी राजस्व विस्तार गर्ने अध्ययनको प्रयोजन छ । त्यहाँ हुने चोरी निकासीलाई न्यूनीकरण गर्न पनि नाका क्षेत्रका विभिन्न स्थानमा भन्सारको व्यवस्था गर्न सोही अध्ययनमार्फत सुझाव दिइनेछ ।

करीब रु सात लाखको लागतमा सम्पन्न गरिने उक्त अध्ययन चालू आर्थिक वर्षभित्रै पूरा हुने आयोगका सूचना अधिकारी मोहनप्रसाद न्यौपानेले जानकारी दिए।

105 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank