विसकन्सिनको प्रदर्शनमा क्लिनटन सहभागी

आइतवार, मंसिर १२, २०७३



अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा डेमोक्र्याटको तर्फबाट उम्मेदबार भएकी हिलारी क्लिन्टनले वासिङटनमा पुनः मत गणना गर्न माग गर्दै भएको प्रदर्शनमा सहभागिता भएकी छिन् ।

“हामीलाई यो अत्यावश्यक लागेको छ, कानुनी व्यवस्था हेर्दा पनि यो गर्न मिल्ने देखिन्छ,” क्लिनटनका वकिल मार्क एलिसले एक वक्तव्य जारी गरी बताएकी छिन् ।

पुन मतगणनाको गणनाको निर्णयमा पुर्याउन दवाव स्वरुप अभियान चलाइएको र मत गणना पुनः हुनेमा क्लिन्टन समूह विश्वस्त देखिएको छ ।

ग्रीन पार्टीका उम्मेदबार जिल स्टेनले गत शुक्रबार मत फेरी गणना गर्न माग गर्दै निवेदन दर्ता गरेका थिए । त्यही माग गर्दै स्टेनले गराएको प्रदर्शनमा क्निटन सहभागी भएकी हुन् ।

राष्ट्रपतीय निर्वाचनमा निकै कम मतान्तर रहेका तीन ओटा राज्यमा पुनः मत गणना गर्न माग गरिएको छ । क्लिनटनले नतिजा उल्ट्याएर डोनाल्ड ट्रम्पलाई ह्वाईट हाउस जानबाट रोक्न भने धेरै नै ‘इलेट्रोरल’ भोटको आवश्यकता पर्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments