प्रधानमन्त्रीको निजि चिकित्सक सहित उच्च पदस्थ व्यक्तित्व सम्मानित

शुक्रबार, अशोज ३, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा. दिब्या सिंह शाह सम्मानित भएकी छिन । संविधान दिवसको अवसर पारेर डा. विद्यासिंह शाह, स्वर्गीय पर्यटन व्यवसायी स्वर्गीय आङ्छिरिङ शेर्पा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा सुप्रसिद्ध प्रवल जनसेवा श्री प्रथमबाट सम्मानित भएका छन ।

डा. सिंहलाई प्रधानमन्त्रीको उपचारमा सक्रिय रुपमा लागिपरेको भन्दै पहिलो नम्बरमा सम्मानित गरेको हो । त्यस्तै प्रधानमन्त्रीको उपचारमा संग्लग्न नेसनल युनिभर्सिटी अस्पताल, सिंगापुरका डाक्टर अनन्थरमण बत्सला, डिपार्टमेन्ट अफ युरोलोजी तथा रेनल ट्रान्सप्लान्ट अस्पताल दिल्लीका अध्यक्ष प्राध्यापक डा.अनन्त कुमारको नाम सुप्रसिद्ध जनसेवा श्रीबाट विभूषित गरेको छ ।

साथै दिवंगत पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारी साहित्यकार मदनमणि दीक्षितलाई माथिल्लो श्रेणीको मरणोपरान्त पदकबाट राष्ट्रपति मार्फत सम्मानित गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata