विदेशबाट सविनाले गरिन असाहय परिवारलाई सहयोग 

शुक्रबार, कार्तिक ३०, २०७५

- प्रमित विक



बाजुरा । बाजुराको गौमुल गाँउपालिका–५ कोट बस्ने देशी बुढाका असहाय परिवारलाई इजरायल बस्ने सविना श्रेष्ठले सहयोग गरेकी छन् । काठमाडौ तिनकुने घर भई १० वर्षदेखि इजारायलमा काम गदै आएकि सविनाले गौमुल ५ कोटका देशी बुढाका असाहय परिवारलाई ३० हजार बराबरको लुगाकपडा खाद्यान्न सहयोग गरेकी हुन् ।

सविनाले केही दिनभित्रै अरु आर्थिक रकम सहित सहयोग गर्ने बताइन् । पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष तथा सामाजिक अभियान्ता प्रकाश सिंहले गौमुल ५ कोटका देशी बुढाको परिवार बेसाहारा रहेको भन्दै सामाजिक सञ्जालमा उनीहरुको पीडाबारे जानकारी गराएका थिए । उनको परिवार सारै बिच्चलीमा भएको खबर पाएपछि विदेशबाट भएपनि सानो सहयोग गरेको सबिना श्रेष्ठले बताइन् ।

श्रेष्ठले असहाय परिवारका लागि ८० केजी चामल, दाल, चिनि, चियापत्ति, खाने तेल, बिस्कोट, चिउरा, तिनै जनालाई एक एक जोर तातो लुगा, २ वटा ब्लाङ्केट पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंह मार्फत सहयोग पाएको असाहय परिवारका देशी बुढाले बताएका छन् ।

३६ बर्षका देशी बुढा कामको शिलशिलामा भारतमा गएको बेला दुर्घटना भएर घाइते भएका थिए । उनको भारतमा उपचार गरेपनि कम्मर सञ्चो नभएको भतिजा लोकेन्द्र बुढाले वताएका छन् । उनको कम्मर तलको कुनै पनि भाग चल्दैन्, दिशापिसाब पनि ओछ्यानमा गर्ने गरेका लोकेन्द्रले बताए । देशीका ९ बर्षका बिकास बुढा र ७ बर्षका बिपिन बुढा रहेका छन् ।

आफु पुरै अपाङ्ग छु छोरा साना छन् सारै बिचल्लीमा रहेको असाहय परिवारका बुढाले बताए । देशी बुढा घाइते भएर सञ्चो नभएपछि श्रीमति बिपुरा बुढा गाँउमै भतिज नाता लाग्नेसँग अर्को बिहे गरेर गएपछि उनको परिवार विचल्लीमा परेको हो ।

268 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank