नेपालका दृष्टिविहीनलाई दक्षिण कोरियाबाट सहयोग

मङ्लबार, मंसिर ४, २०७५



काठमाडौं । नेपाल नेत्रहीन संघल नेपालमा रहेका दृष्टिविहीनहरुको प्रविधिमा मार्फत् सूचना र संचार क्षेत्रमा पहुँच अभिबृद्धि गर्ने अभिप्रायले संचालन गर्ने कम्प्युटर तालिमका लागि न्यू भिजन ग्रुप, दक्षिण कोरियाले तीन थान कम्प्युटरहरु प्रदान गरेको छ । सामाजिक कार्य गर्ने उद्धेश्यका साथ दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुले एक वर्ष अघि गठन गरेको न्यू भिजन ग्रुपले मिति २०७५ कार्तिक २ गते नेपाल नेत्रहीन संघको केन्द्रीय कार्यालय, सुकेधारा, काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रममा उक्त कम्प्युटरहरु हस्तान्तरण गरेको थियो । का.म.न.पा. वडा नं. ४ का कार्यवाहक अध्यक्ष श्री दिनेश महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा न्यू भिजन ग्रुपका पूर्व अध्यक्ष हरि थपलिया, सदस्य तगेन्द्र राई र मोहन विक्रम नेम्वाङ्ले नेपाल नेत्रहीन संघका अध्यक्ष श्री रमेश पोखरेललाई कम्प्युटहरु हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं ४ का कार्यवाहक अध्यक्ष श्र िदिनेश महर्जनले न्यू भिजन ग्रुपलाई यो परोपकारी कार्यका लागि प्रशंसा पत्र प्रदान गर्नु भएको थियो भने न्यू भिजन ग्रुपका तर्फबाट बोल्दै श्री तगेन्द्र राईले आफूहरुले दृष्टिविहीनहरुको क्षमता अभिबृद्धि तथा बृत्ति विकासमा सहयोग गर्न पाएकोमा प्रशन्नता प्रकट गर्नु भयो । कार्यक्रमको सभापतित्व संघका अध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो भने निर्देशक श्री नर बहादुर लिम्बूले स्वागत मन्तव्य दिनुभएको थियो । मिति २०७५ मंसिर १० गतेबाट संघले संचालन गर्ने कम्प्युटर तालिमका लागि उक्त कम्प्युटरहरु प्रयोग गरिनेछ ।

अपांगताका बाधाहरुलाई प्रविधि मार्फत् हटाउन सकिन्छ र आजको युगमा कम्प्युटर शिक्षाले दृष्टिविहीनहरुको शिक्षा र रोजगारी दुबै कुराका लागि आवश्यक सीप विकास गर्न मद्धत गर्दछ । तसर्थ नेपाल नेत्रहीन संघले झण्डै दुई दशकदेखी दृष्टिविहीन युवाहरुका लागि आधारभूत कम्प्युटर तालिम प्रदान गर्दै आएको छ भने विभिन्न समयमा दृष्टिविहीनहरुको कम्प्युटरमा पहुँच अभिबृद्धि गराउने हेतुले विभिन्न किसिमका सफ्टवेयरहरुको पनि विकास गर्दै आएको छ । हालै मात्र अष्ट्रेलियन राजदुतावासको सहयोगमा नेपाली अप्टिकल रिकग्नीसन (ओसिआर) सफ्टवेयर र कादुरी च्यारिटेबल फाउण्डेसनको आर्थिक सहयोगमा नेपाली टेक्स्ट टु स्पिच (टिटिएस) सफ्टवेयरहरु विकास गरेको छ ।

365 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank