वल्डभिजन इन्टरनेशनद्वारा जिल्ला विपद ब्यवस्थान समितीलाई सामाग्री हस्तान्तरण

मङ्लबार, बैशाख १६, २०७७

- दिपक राज जाेशी



बझाङ । वल्ड भिजनको आर्थिक सहयोग तथा प्रगतिशील युवा समाजको आयोजनामा एक कार्यक्रमका बिच सामाग्रीहरू सोमवार हस्तान्तरण गरिएको छ ।

विश्वभरि फैलिएको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै प्रगतिशील युवा समाजले जिल्ला पद व्यवस्थापन समक्ष ३० थान पी,पी,ई सेट क्वारेन्टाइन व्यवस्थापनका लागी ९० थान बलाङ्केट ,१ सय ८० थान त्रिपाल ९० ओटा डोरी ४ थान ज्वरो नाप्ने थर्मल गन ४० थान बाल्टिन ९ रोल पी फर्म लगायतका सामग्रीहरू प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले जिल्ला विपद व्यवस्थापन समितिका तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन ।

उक्त सामाग्री बुझ्दै विश्वभरि फैलिएको कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागी उक्त सामाग्रीहरूले जिल्लालाई सहज हुनका साथै त्यस्ता सामाग्रीहरू उपलब्ध गराएकोमा संस्थालाई धन्यवाद समेत व्यक्त गर्नुका साथै आवश्यकता अनुसार ती स्वास्थ्य सामाग्रीहरू सम्बन्धित स्थानीय तह स्वास्थ्य संस्था सम्म पुर्‍याउन समेत जिल्ला स्वास्थ्य प्रमुख भानुभक्त जोशीलाई समेत निर्देशन दिए ।

त्यसै गरी थप ५ ओटा पी,पी,ई सेट जनपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र बहादुर खड्का, छबिस पाथिभेरा गाउँपालिका, केदारस्यु गाउँपालिकालाई समेत ५ ÷५ थान पी,पी,ई हस्तान्तरण गरिएको थियो । केही दिन अगाडी मात्रै उक्त संस्थाले जयपृथ्वी नगरपालिका केदारस्यु र छबिस पाथिभेरा गाउँपालिकामा रहेका १ सय परिवारलाई ३० केजी चामल दुई केजी दाल ३ प्याकेट नुन,३ प्याकेट तेल समेत राहत सामाग्रीहरू स्थानीय सरकारलाई उपलब्ध गराएको प्रगतिशील युवा समाजका कार्यक्रम संयोजक यज्ञराज जोशीले बताए ।

 प्रगतिशील युवा समाजले वल्डभिजन इन्टरनेशनल सँगको साझेदारीमा जिल्लाको जयपृथ्वी नगरपालिका,केदारस्यु गाउँपालिकालाई कार्यक्षेत्र बनाई बालबालिका क्षेत्रमा काम गर्दै आएको छ भने प्रगतिशील युवा समाजले युएमएनको साझेदारीमा समेत जिल्लाका विभिन्न स्थानीय तहहरूमा विभिन्न क्षेत्रमा काम गर्दै आएको कार्यक्रम संयोजक जोशीले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments