किङ पावर स्टेडियम बाहिर लिसेस्टर मालिकको हेलिकप्टर दुर्घटना

आइतवार, कार्तिक ११, २०७५



बेलायत । लिसेस्टर सिटिको मालिकसँग सम्बन्धीत एक हेलिकप्टर फुटबल क्लबको स्टेडियम बाहिर खस्दा आगलागी भएको छ । स्काई स्र्पोेटस न्यूजले बताए अनुसार, स्टेडियमको कार पार्क नजिकै खसेको उक्त हेलिकप्टर खेल सकिएको केही समय पछि उडेको थियो ।

थाई अरबपति मालिक विचई श्रीवाहनप्रभा उक्त समय हेलिकप्टरमा रहे नरहेको स्पष्ट भएको छैन । खेलको समय विचई उक्त स्टेडियममा रहेको बताइएको छ । बेस्ट हाम र लिसेस्टरबीचको खेल एक एक गोलको बराबरीमा टुङ्गीएको केहि समय पश्चात प्रशंसकहरु स्टेडियमबाट निस्कदै गरेको समय हेलिकप्टरमा आगो लागेको थियो ।

दुर्घटना हुना साथ सम्पूर्ण स्टेडियम खाली गराइएको थियो । हेलिकप्टरमा सवार यात्रु र दुर्घटनाको कारण अज्ञात रहेको जनाइएको छ ।

120 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank