अल्टिच्युट एयरलाइन्सको हेलिकप्टर दुर्घटना

शनिबार, भदौ २३, २०७५



काठमाडौं । गोरखाबाट काठमाडौको लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर धादिङ र नुवाकोटको सिमा मेघाङमा दुर्घटनामा परेको हो ।

हेलिकप्टरमा सात जना सवार थिए ।  दुर्घटनामा परि पार्इलट सहित ६ जनाकाे मृत्यु भएको छ ।  हेलिकोप्टरमा सवार डोल्मा आनी भने जीवितै फेला परेकी छन् । उनले हेलिकप्टर दुर्घटनामा परेको तर आफु सहकुसल रहेको भन्दै फोन गरेपछि सेनाको हेलिकप्टर त्यस तर्फ लोकेट भएको थियो । उनको  उद्दार प्रयास भइरहेको छ ।

हेलिकप्टरमा  रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु सवार रहेका थिए ।

स्थानियले हेलिकप्टर दुर्घटना भएकाे देखेपछि प्रहरीलार्इ  खबर गरेका थिए ।

290 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank