सडक अबरुद्ध भएपछि हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी

बिहिबार, साउन ९, २०७६



काठमाडौं । अविरल वर्षा सँगै आएको पहिरोले सडक बगाउँदा उदयपुरमा हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गरिएको छ ।
प्रदेश १ सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएकाे हाे।

नेपाली सेनाको हेलिकप्टर मार्फत लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा चामल ८ हजार १० किलो, रहरको दाल १ हजार ९ सय ९५ किलो, नुन ५ सय किलो र खाने तेल ५ सय लिटर पठाएको हो ।

प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको पहलमा उक्त गाउँपालिकामा खाद्यान्न पठाइएको हो । वर्षापछि आएको पहिरोका कारण दुई गाउँपालिकाका ३ सय घर पूर्ण क्षति र ४ सय घर प्रभावित हुँदा ६ हजार परिवार मारमा परेका थिए । खाद्यान्न सामग्री ढुवानी भएपछि राहात महशुस भएको स्थानियले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments