हेलिकोप्टर चार्टर गर्दै पार्टीको कार्यक्रममा पुगे मुख्यमन्त्री शाही

सोमवार, असार ९, २०७६



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पार्टीको कार्यक्रममा सहभागी हुन हेलिकोप्टर चार्टर गर्दै हुम्ला पुगेका छन ।

नेपाल कम्युनिष्ट पार्टी हुम्लाको पहिलो बैठकमा सहभागी हुन मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल बहादुर रावल नेपाली सेनाको हेलिकोप्टर मार्फत हुम्ला पुगेका हुन । प्रदेश राजधानी सुर्खेतबाट सुर्खेत सिमकोट र सिमकोट कालिकोटको यात्रा हेलिकप्टरबाट गरेका छन्।

सुर्खेत र नेपालगञ्जबाट दिनहुँ दुई दर्जन हवाइ जहाजले उडान भर्ने भएपनि उनीहरु हेलिकोप्टर मार्फत हुम्ला र कालिकोट पुगेपछि आलोचना भएको छ । गत शनिबारसम्पन्न हुम्ला जिल्ला कमिटिको बैठकका लागि सिमकोट नेपाली सेनाको 9-N-RA-I  हेलिकप्टरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै नेकपाका कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा, मुख्य मन्त्री शाही, सामाजिक विकास मन्त्री दल रावल सिमकोट आएका थिए।

अपतकालीन उद्धारका लागि भन्दै सुर्खेतमा भएको हेलिकप्टरलाई मुख्य मन्त्री शाही र सामाजिक विकास मन्त्री रावलले पार्टी कार्यक्रमका लागि प्रयोग गरेका थिए । प्रति घण्टा १ लाख २० हजारका दरले भाडा लिने नोपाली सेनाको हेलिकप्टर पार्टी कार्यक्रममा २ दिन होल्ड भएको नेपाली सेनाको एक स्रोतले जानकारी दिएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata