तालिबानी आक्रमणमा सेनाको हेलिकप्टर दुर्घटना: २५ जनाको मृत्यु

बुधबार, कार्तिक १४, २०७५



अफगानिस्तान । अफगानिस्तानको फराह प्रान्तमा सेनाको  हेलिकप्टरलाई तालिवान बिद्रोहीले गोली हानी खसाउदा २५ जनाको निधन भएको जनाइएको छ ।

अफगान सेनाको भनाई अनुसार उक्त हेलिकप्टर तालिवान क्षेत्रमा सेनाको वरिष्ट अधिकारी लिएर जाँदै थियो ।पश्चिमी फराह प्रान्तको गभर्नरका प्रवक्ता नेसर मेहरीले बताए अनुसार सेनाको दुई हेलिकप्टर छिमेकी हेरात प्रान्तको बाटो हुँदै गइरहेको समय नियन्त्रण गुमाउँदै दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबैको मृत्यु हुन पुग्यो ।

मेहरले जनाए अनुसार मर्ने सेना मध्य पश्चिमी अफगानिस्तानको उप सेना कमाण्डर र फराह प्रान्तिय परिषदको प्रमुख समेत रहेको जनाइएको छ । प्रान्तिय परिषदको सदस्य दादुल्ला कानेहले भने , हेलिकप्टर हेरात प्रान्तको बाटो हुँदै गइरहेको समय खराब मौसमको बिच तालिबानी आक्रमणमा परेको थियो ।

तालिबानी प्रवक्ताले हेलिकप्टर आफुहरुले खसालेको स्वीकार गरेको छ । आफ्नो ठुलो उपस्थिती रहेको क्षेत्रमा सरकारी सेनाको यात्राको कारण हेलिकप्टर गिराइएको तालिबानीले दावा गरेको छ ।

147 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank