दशगजाका बिओपीलाई स्वास्थ्य सामग्री प्रदान

शनिबार, जेष्ठ १०, २०७७



सप्तरी । नेकपाका युवा नेता खेमचन्द्र यादव (शिवराम) ले दसगजामा खटिएका सशस्त्र प्रहरी बललाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन ।

नेता यादवले जिल्लाको सीमावर्ती बलान बिहुल गाउँपालिका ४ बेल्हि स्थित सिमामा खटिएका सशस्त्र प्रहरीलाई KN 95 मास्क, पन्जा र सेनीटाइजर लगायतका सुरक्षा सामग्री प्रदान गरेका छन । महामारीमा दिनरात आफ्नो ज्यान जोखिममा राखि दसगजामा खटिरहने सशस्त्र प्रहरी बललाई सुरक्षा सामग्री प्रदान गरेको उनले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments