स्वास्थ्य सामग्री खरिद प्रक्रियाको छानबिन गर्न शान्ति समाजको माग

शनिबार, चैत्र २२, २०७६



काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले हालै स्वास्थ्य सामग्री खरिदमा व्यापक भ्रष्टाचार भएको तथ्य बाहिर आएकाले छानबिन गरी मूल दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरेको छ ।

 समाजका महासचिव सुशील बस्नेतले शुक्रबार जारी गरेको विज्ञप्तिमा यो प्रकरणमा सरकारको उच्च नेतृत्व उदासिन रहने हो भने संलग्नता पनि उच्च नेतृत्वकै मानिने अवस्था सिर्जना हुनसक्ने भएकाले छानबिन गरी दोषीमाथि कानूनी कारवाही गर्न माग गरेका हुन् ।

“केही अनलाइन सरकारले बन्द गर्न कदम चालेकामा समाजको ध्यानाकर्षण भएको छ, दर्ता भई कानूनसम्मत सञ्चालन भइरहेका सञ्चारमाध्यमले कानून उल्लङ्घन गरेको भए कानूनसम्मत प्रक्रिया अघि बढाउनु स्वभाविक हुनसक्छ तर बन्द गर्ने सरकारी कदम अस्वाभाविक हुन्छ”, उनले भने ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments