हागीबस आँधीले लियो २५ जनाको ज्यान, एक वृद्धा हेलिकोप्टरबाट खसिन्

सोमवार, अशोज २७, २०७६



एजेन्सी । कम्तीमा २५ जनाको ज्यान जानेगरि आएको  हगिबिस नामक शक्तिशाली आँधीका कारण जापान सरकारले उक्त क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ।

हगिबिस आँधीका कारण राजधानी टोक्योको दक्षिणी भेगमा आएको बाढीका कारण जमीन भासिँदै गएको छ। र बाढी समेत आएको बताइएको छ।

जापानी समाचार संस्था एनएचकेका अनुसार आँधीका कारण हालसम्म कम्तीमा १३ जना हराइरहेका छन्।

उद्धा

नगानो प्रान्तस्थित जापानको चर्चित बुलेट रेललाई पानीले घेरेको छ भने अलपत्र परेका स्थानीयलाई हेलिकप्टरको सहायताले घरका छानाबाट उद्धार गरिएको छ।

सरकारले झण्डै सत्ताइस हजार सैनिक तथा अन्य कैयन् उद्धारकर्ताहरू पीडितलाई राहत पुर्‍याउन खटिएको जनाएको छ।  प्रधानमन्त्री शिन्जो अबेले आवश्यकता पर्दा अन्य थप जवान तैनाथ गर्ने बचन दिँदै ‘सरकारले पूर्ण कोसिस गर्ने’ बताएका छन् । ।

टोक्योको उत्तरतर्फ पर्ने कावागोयमा आपत्कालिन उद्दारकर्ताहरूले नर्सिङ होममा फसेका मानिसहरूको उद्धारका लागि डुङ्गाको प्रयोग गरेका छन्। करिब चारलाख घरहरूमा विद्युत् आपूर्ति बन्द भएको बताइएको छ।

उद्दार गर्दै

अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले दिएको खबर अनुसार एक हेलिकोप्टरद्वारा बचाइएकी ७० वर्षीया एक महिला दुर्घटनावश तल खस्दा मृत्यु भएको छ ।

जापानका केही क्षेत्रमा केही दिनभित्र औसत वर्षा ४० प्रतिशतसम्म भयो । माउन्ट फुजी नजिकैको होकेने शहरमा शुक्रबार र शनिबार एक मिटर (३ फुट) वर्षा भयो र ४८ घण्टामा जापानमा सबैभन्दा धेरै वर्षा भएको छ ।

खेल रद्द

आँधी पुन: फर्किने त्रासका कारण रेल तथा हवाइ सेवाका उडानहरू समेत रद्द गरिएका छन्। आइतबार भने आँधी केही मत्थर भएको जनाइएको छ। आँधीका कारण विश्वकप रग्वी खेल रद्द भएको छ।

गत महिनामा मात्रै अर्को आँधीका कारण जापानका तीसहजार भन्दा बढी घरहरू क्षतिग्रस्त भएका थिए र ती घरहरू हालसम्म पनि मर्मत गरिएका छैनन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata