भिषण वर्षाका कारण दुइ जनाको मृत्यु

शुक्रबार, असार २०, २०७६



टोकियो । पूर्वी एसियाली मुलुक जापानको दक्षिणी क्षेत्रमा भिषण वर्षा पश्चात निम्तिएको पहिरोमा परि दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

अझै त्यसक्षेत्रमा पहिरो जान सक्ने भन्दै अधिकारीहरुले सो स्थान खाली गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री शिन्जो अवेले प्रभावितहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

गएको शुक्रबारदेखि क्युशु लगायतका कतिपय क्षेत्रमा १ हजार एमएम भन्दा बढी पानी परेको छ । यो वर्षा विगतका वर्षमा भन्दा दोब्बर बढी भइरहेको पब्लिक ब्रोडकास्टर एनएचकेले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata