बे अफ बङ्गालमा ‘बुलबुल’ तुफानको वितण्डा, दुई व्यक्तिको मृत्यु

आइतवार, कार्तिक २४, २०७६



एजेन्सी । चक्रवाती तूफान ‘बुलबुल’ कारण निम्तिएको भारि वर्षाले भारतको पूर्वी भेगमा अवस्थित पश्चिम बंगालको तटीय क्षेत्रमा प्रभाव पारेको छ । तूफानको केन्द्र पश्चिम बंगालको २४ परगना जिल्लाको सुन्दबनी नेशनल पार्कबाट दक्षिणमा रहेको बताइएको छ ।

बंगलादेशको मौसम विभागका अनुसार बुलबुल तुफानको वेग १२० किलोमिटर प्रतिघण्टा भएता पनि १५० किलोमिटर प्रतिघन्टा सम्म पुग्न सक्नेछ । समुन्द्री तट आसपास पूर्णरुपमा स्थानीय एवम् पर्यटकहरूलाई जान रोक लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आज(आइतबार) बिहानै सो क्षेत्रमा तुफान कमजोर बनेको भएता पनि ‘बुलबुल’ बंगलादेशतर्फ अघि बढेको छ । सो तूफानका क्रममा केही स्थानमा ठूलो हावा चल्नुका साथै कतिपय स्थानमा रुख ढलेका कारण यातायात आवागमन अस्तव्यस्त बनेको छ ।

हिजो(शनिबार)को भारी वर्षाले कलकता र यस आसपासको उपनगरीय क्षेत्रको सडक पानीले भरिएको छ । यसै क्रममा भारतको उडिसामा पनि तूफानका कारण कृषि क्षेत्रमा नोक्सानी भएको छ ।

उडिसाका उत्तरी–तटीय जिल्लामा ६ लाख हेक्टर जमिनमा लगाइएको ३० देखि ४० प्रतिशत धान नष्ट भएको अधिकारीहरुले जनाएका छन् । भारतीय मौसम विभागका अनुसार बंगलादेश र पश्चिम बंगालको तटीय इलाकामा आएको तूफान आइतबार बिहानदेखि कमजोर बनेको ।

बंगलादेशका दुई ठूला बन्दरगाहहरू, मोङ्गला र चित्तागंग  विमानस्थल समेत प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ ।

आगामी ६ घन्टामा सो क्षेत्रमा तूफान पूर्ण रुपमा कमजोर हुने अनुमान गरिएको छ । तूफानअघि भएको भारी वर्षाका कारण पश्चिम बंगाल र उडिसामा दुई जनाको मृत्यु भएको छ ।

पश्चिम बंगालको मुख्य मंत्री ममता बर्नजीले स्थितिको निगरानी गर्दै आपतकालीन सुरक्षा अवलम्बन गर्न निर्देशन समेत दिइसकेकी छिन् । भारतको राज्य सचिवालय मा आपातकालीन संचालन केन्द्र (ईओसी) नियन्त्रण कक्ष खोलिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata