चिनियाँ जनमुक्ति सेनाले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

बुधबार, बैशाख ३१, २०७७



काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई उल्ब गराएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुनका लागि उपलब्ध गराएका स्वास्थ्य सामग्रीसहित चिनियाँ वायु सेनाको एक विमान बुधवार बिहान काठमाडौं आएको हो। विमानमा स्वास्थ्यकर्मीहरूको व्यक्तिगत सुरक्षामा प्रयोग गर्ने पीपीई, कोरोनाभाइरसको परीक्षणमा प्रयोग हुने रसायन र अस्पतालका बेड सहितका सामग्री रहेको बताइएको छ । उक्त सामग्री ५ करोड १० लाख रूपैयाँ बराबरका रहेको जनाइएको छ ।

चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सका अनुसार मङ्गलबार र बुधवार जनमुक्ति सेनाका विमानमार्फत १२ वटा देशका सेनालाई मास्क, पीपईइ र ज्वरो नाप्ने थर्मोमिटर सहितका स्वास्थ्य सामग्री पठाइएको छ।

चिनियाँ सेनाबाट सहयोग प्राप्त गर्ने अन्य दक्षिण एशियाली देशमा श्रीलङ्का, पाकिस्तान र अफगानिस्तान छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments