एकिकृत घुम्ती सेवा शिबिरवाट ११ सय ४१ जना लाभान्वित

सोमवार, असार १८, २०७५



सिरहा । एकिकृत घुम्ती सेवा शिबिर सिरहाको कर्जन्हा नगरपालिकामा सम्पन्न भएको छ । नेपाल सरकार गृहमन्त्रालयको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा जिल्ला स्थित बिभिन्न सरकारी कार्यालयहरुको संयुक्त एकिकृत घुम्ती सेवा शिविर कर्जन्हामा नगरपालिका बडा नं ७ मा शनिवार संचालन गरिएको थियो ।

शिबिरमा ११ सय ४१ जनाले सेवा लिएका छन् ।  सरकारी कार्यालयबाट प्रदान गरिने सेवा सुबिधा गाउँमै पु¥याउने उद्देश्यले आयोजना गरिएको घुम्ती शिबिरमा वन कार्यालयबाट ५सय जना, कृषि विकास कार्यालयबाट ३ सय जना, स्वास्थ्य कार्यालयबाट १सय ६० जना, आयुर्बेद कार्यालयबाट १सय १३ जना, जिल्ला प्रशासन कार्यालयबाट ६१ जनाले नागरिकता बनाएका छन् ।

त्यसैगरी राहदानीका लागि ६ जनाले फारम भरेका छन् भने १ जनाले मधेशी प्रमाणित गराएका सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए ।
कर्जन्हा नगरपालिका वडा नम्बर ७ का वडा कार्यालयको पहलमा आयोजना गरिएको शिबिरमा सहयोग पु¥याउने २७ जनालाई सम्मान समेत गरिएको वडा अध्यक्ष जयकिशोर साहले जानकारी दिए ।

88 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank