जनता बैंकद्वारा जनताका लागि निशुल्क स्वास्थ्य शिविर सम्पन्न

आइतवार, असार १०, २०७५



काठमाडौं । जनता बैंक लिमिटेडबाट निशुल्क स्वास्त्थ्य शिविर सम्पन्न गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामिण जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखिकार्य गरिरहेको जनता बैंक नेपाललिमिटेडबाट पाणिनी गाउँपालिका, दुर्गाफाट, अर्घाखाँची लगायतका ठाउँमा निशुल्क शिविरको आयोजना गरि शिविर सम्पन्न भएको छ ।

शिविरमा करिव ३ सय जना विभिन्न उमेरका महिला तथा पुरुषहरुले स्वास्थ्यजाँच गराएको बैंकले जनाएको छ ।  शिविरमा लुम्बिनि मेडिकल कलेज तथा शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरुको प्राविधिक सेवा रहेको स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग सम्बन्धि र जनरल मेडिकल जाँच गरिएको थियो । साथै उक्त शिविरमा आवश्यक परामर्श र औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।

photo 1

यहि असार ८ गते सम्पन्न गरिएको स्वास्थ्य शिविरको उद्घाटन पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझीले गरेका थिए ।

बैंकका संचालक लङ्कबहादुर के.सी. को सभापतित्वमा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रायमाझीले ग्रामिण भेगका जनताको स्वास्थ्यमा जनता बैंकले पु¥याएको सहयोग उच्च् रहेको भन्दै आभार प्रकट गरेका थिए ।

Janata_bank1

 

 

 

 

 

 

 

 

 

 

 

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ्यनारी पहल’मार्फत ग्रामिण क्षेत्रका महिलाहरुको पाठेघरको रोगको उपचारमा उल्लेख्य सहयोग गर्दै आइरहेको छ । शिविरबाट आङ्गखस्ने सम्बन्धि रोगको अपरेशनको लागि सिफारिस भएका महिलाहरुको उपचारमा बैंकले सहयोग गर्दै आईरहेको छ ।

64 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank