निःशुल्क स्वाथ्य शिविरमा १४ सय बढीले सेवा लिए

आइतवार, पुस १५, २०७५

- पदम राज भट्ट



कञ्चनपुर ।  नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १४ सय ३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । कञ्चनपुरको भिमदत्तनगर स्थीत सिंह सार्दुल गुल्म भगतपुर ब्यारेकको आयोजना तथा शुक्लाफाँटा नगरपालीकाकाे आर्थिक सहयोगमा ग्रामीण क्षेत्रमा आयोजना गरेको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा बालक, महिलादेखि वृद्धा सम्मकाले स्वास्थ्य चेक जाँच गरेका छन् ।

नेपाली सेनाले स्वाथ्य परिक्षण संगै स्थानीय कला संस्कृती जग्रेना सम्बन्धी जन चेतनामुलक कार्यक्रम समेत गरेको छ । सेनाले स्वास्थ्य समस्या सम्बन्धी जनचेतना मुलक श्रव्य दृश्य समेत स्थानीयलाई देखाएको थियो ।नेपाली सेनाले हाडजोर्नी,आखाँ र महिला समस्या सम्बन्धी चेक जाँच तथा निःशुल्क औषधी उपलब्ध गराएको छ । शिविरमा श्री २५ न. बाहिनी अड्डामा रहेको २५ फिए गुल्मका उपसेनानी डा.साजन मर्हजन,श्री न. ५ फिए तेघरी ब्यारेकका सह सेनानी डा. ज्योती खड्का,महाकाली अञ्चल अस्पतालका डा. वैभव भट्ट र आखाँ अस्पताल कञ्चनपुर शाखाका ईस्मथ अधिकारी लगायतका चिकित्सकहरुले स्वास्थ्य चेकचाजँ गरेका थिए ।

सैनीक नागरीक सम्बन्धलाई मजबुद बनाउन स्वास्थ्य शिविर र जनचेतना मुलक कार्यक्रम गरेको आयोजक सिंह सार्दुल गुल्मका गुल्मपती सेनानी विदुर ध्वज अधिकारीले बताए । उनले जनसहकार्यमा सामाजिक काम गर्नमा नेपाली सेना सदैब अग्रसर रहने बताए । सेनाले कञ्चनपुरको विभिन्न ग्रामीण क्षेत्रमा अहिले सम्म एक दर्जन बढी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।

अस्पतालबाट टाढा रहेका स्थानीयहरुले घर आगँनमै स्वास्थ्य सेवा र निःशुल्क औषधी पाए पछि खुसी हुदै सेनालाई धन्यवाद दिएका छन् । शिविरको स्थलगत अवलोकनका लागी श्री न. २५ बाहिनी अड्डाका बाहिनीपती सहायकरथी सरद ढकाल शुक्लाफाँटा नगरपालीकाका नगर प्रमुख दिल बहादुर ऐर लगायत स्थलगत अवलोकन गरेका थिए ।

armay 1

सिंह सार्दुल गुल्मका गुल्मपती सेनानी विदुर ध्वज अधिकारी, शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐर,शुक्लाफाँटा नगरपालीकाका प्रवक्ता एवम वडा न. ७ का अध्यक्ष जगत वहादुर सिंह र पत्रकारशेरवहादुर सिंहको पहलमा शिविर सञ्चालन भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank