उपेन्द्र यादवलाई थर्काएर स्वास्थ्यबाट जान नमान्ने महिला सचिव

आइतवार, कार्तिक ११, २०७५



काठमाडौं । सरकारले सन्तोषजनक काम नगरेको र अनुचित कार्यमा संलग्न भएको व्यापक गुनासो आएपछि कारबाही स्वरूप प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी विवादास्पद सचिव डा। पुष्पा चौधरी प्रधानमन्त्री कार्यालयमा हाजिर नभई स्वास्थ्य मन्त्रालयमा नै हाजिर भइरहेकी छिन्।

मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा। पुष्पा चौधरी र सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलमा सरुवा भएको पत्र दिइसकेको छ। सहरी विकास मन्त्रालयमा कार्यरत सचिव शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलमा हाजिर भइसके पनि सचिव डा। पुष्पा चौधरी भने स्वास्थ्य मन्त्रालयमा नै हाजिर गरिरहेकी छिन्।

सरकारले कारबाही स्वरूप प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलको जगेडामा तानेको व्यक्तिलाई सरुवा भएपछि पनि त्यही निकायमा बस्न दिँदा विगतमा गरेका कतिपय विवादमा आउन सक्ने निर्णयको प्रमाण नष्ट पार्न सक्ने सम्भावना रहने वरिष्ठ अधिवक्ता हरि आचार्यको भनाइ छ। स्वास्थ्य मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी कसैलाई नतोकिएकाले चौधरीले नै सचिवको रूपमा काम गरिरहेको स्वास्थ्यमन्त्रीका निजी सचिव भवनाथ खतिवडाले नागरिकलाई बताए। सचिव चौधरीको कार्यशैली र पारदर्शिताको विषयलाई लिएर चौतर्फी आलोचना हुँदै आएको छ।

सरकारले कारबाही स्वरूप प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलको जगेडामा तानेको व्यक्तिलाई सरुवा भएपछि पनि त्यही निकायमा बस्न दिँदा विगतमा गरेका कतिपय विवादमा आउन सक्ने निर्णयको प्रमाण नष्ट पार्न सक्ने सम्भावना रहने वरिष्ठ अधिवक्ता हरि आचार्यको भनाइ छ। सरकारले भोलि ती निणर्यका सम्बन्धमा छानबिन गर्नुपर्यो भने प्रमाण नष्ट पारेपछि त्यो प्रमाण फेला पर्न नसक्ने बताउँदै उनले तत्काल जिम्मेवारीबाट हटाउनुपर्ने बताए।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले सचिव चौधरी बिहानै मन्त्रालय आउने गरेको बताए । उनीहरूले सचिवले कार्यकक्षमा बसेर महŒवपूर्ण फाइल मिलाइरहेको दाबी गरे।

स्वास्थ्य मन्त्रालयले गठन गरेको स्थलगत अनुगमन समितिको राय सुझाव लत्याउँदै आवासीय प्रयोजनका लागि भवन निर्माणको ईजाजत लिइएको काठमाडौंको घट्टेकुलोस्थित अपार्टमेन्टमा स्वास्थ्य सचिव डा।चौधरीले तीन सय शैयाको अस्पताल सञ्चालन स्वीकृति प्रदान गरेकी थिइन्। नागरिकबाट

271 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank