बाजुरामा स्वास्थ्य बीमा कार्यक्रम शूरु

सोमवार, चैत्र २६, २०७४



बाजुरा । बाजुरामा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । “तपाइको स्वास्थ्य हाम्रो अठोट” भन्ने नाराका साथ आइतबार एक औपचारिक कार्यक्रम सहित उक्त कार्यक्रमको शूरु भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आइतबार कार्यक्रमको औपचारिक रुपमा प्रतिनिधिसभाका सदस्य लाल बहादुर थापा र जिल्ला समन्वय समिति बाजुराका संयोजक नरेन्द्र कुमार रोकायाले सहयोगीद्वारा फोटो खिची आफ्नो नाम दर्ता गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्कर्माले बताए ।

health bima 4

सबै नेपाली नागरिकहरुलाई सर्वशुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको माध्यमबाट सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उदेश्यका साथ बिमा कार्यक्रम शूरु गरिएको हो । स्वास्थ्य  बीमा कार्याक्रम अन्तरगत ५ जनाको परिवार भएकाहरुले २५ सय रुपैयाँ तिरेर सदस्यता लिन सक्ने छन् । ५ जनासम्मको परिवारले रु २५ सयि तिरेर बार्षिक ५० हजार बराबरको स्वास्थ्य बिमा सेवा लिन सक्ने जिल्ला स्वास्थ्य प्रमुख डा.रुपचन्द्र बिश्वकर्मााले नेपालपाटिलाई जानकारी दिए ।

health bima1

कार्यक्रममा प्रदेश-७ का क्षेत्रिय स्वास्थ्य निर्देश डा.अनुज भट्टचन्दले प्रदेश ७ स्वास्थ्य बिमाको बारेमा जानकारी दिएका थिए । प्रदेश- ७ का स्वासथ्य बिमा संयोजक जनक साउँदले देशभरको स्वास्थ्यको अवस्था र स्वास्थ्य बिमा कार्यक्रमको बारेमा जानकारी दिए । ०७४÷७५ सम्म कुल ३९ जिल्लामा सामाजिक सुरक्षा कार्यक्रम पुर्‍याउने योजना रहेको छ । सरकारको सन् २०२२ सम्म अति कम विकसित राष्ट्रको सूचीबाट मध्यम आय भएका विकाशिल मुलुकको सुचीमा सूचीकृत हुन सहयोग पुग्ने आशा लिएको लिएको छ ।

अहिले बाजुरा लगायत ३२ जिल्लामा कार्यक्रम विस्तार भइसकेको छ । हालसम्म सबै जिल्लाको रु ३३ करोड योगदान रकम संकलन भएको बताइएको छ ।

health bima2

स्वास्थ्य बिमा कार्यक्रमका ६ लाख ८ हजार ५ सय ४० जना सदस्य मध्येका १ लाख ३२ हजार जना सेवाग्राहीहरुले साना तथा ठुला प्रकृतिका स्वास्थ्य उपचार सेवा लिइसकेका छन् । स्वास्थ्य बिमा कार्यक्रमले उपचार गर्न नसक्ने कमजोर आर्थिक अबस्था भएका परिवारका सदस्यलाई फाइदा हुने बताइएको छ । कार्यक्रम अन्तरगत स्वास्थ्य सेवामा जिल्लाका उपलब्ध हुन नसकेमा  बीमाले रिफर गरेका ठाउँहरुमा निशुल्क उपचार हुने भएको छ ।

242 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank