सरकारी फार्मेसीका कारण स्वास्थ्य बीमा धरापमा

बुधबार, पुस १८, २०७५

- पदमराज भट्ट



कैलाली ।  सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन विसं २०७२ चैत २५ गतेदेखि सरकारले कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो ।

बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्ने व्यवस्था छ ।

त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झै-झगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

स्वास्थ्य बीमा गर्न ५ सदस्य भएको परिवारले फाराम भर्दा वार्षिक २ हजार ५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ । नवीकरण गर्न पनि त्यति नै रकम तिर्नुपर्छ । तर अति गरिब परिवारको सुचिमा भएका परिवारलाई भने निशुल्क स्वास्थ्य बिमा गराईन्छ ।
सुदूरपश्चिम प्रदेश शाखा कार्यालय कैलाली अन्र्तगत स्वास्थ्य बीमा कार्यक्रम लागू भएका पाचँ जिल्ला कैलाली, बैतडी, अछाम, बाजुरा र बझाङमा हाल सम्म २६ हजार ५४ परिवारका एक लाख ५१ हजार ५ सय ६३ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

बिमा नियम अनुसार हालसम्म अति गरिब (निशुल्क) १६ हजार ६ सय परिवारले बिमा गरेका छन् भने शुल्क तिर्न सक्ने ९ हजार ४ सय ५४ परिवारले स्वास्थ्य बिमा गरेको तथ्याङक छ ।

स्वास्थ्य बिमा सुरु भएको चार बर्ष बित्नै लाग्दा सम्म तथ्याङक हेर्दा लक्ष्य अनुसार बिमा गराउन नसकेको कैलाली जिल्ला दर्ता अधिकारी दिपक बिष्टले बताए । नेपाल सरकार भन्दा बाहीरको निकायको कार्यक्रम हो भन्ने जनमानसको गलत बुझाई र सेवा प्रदायक सरकारी अस्पतालहरुको चरम लापरबाहीले सेवा प्रभावकारी हुन नसक्दा बिमा धरापमा परेको उनको भनाई छ ।
उनले भने “सरकारी अस्पताल र फार्मेसिहरुको सेवामा सरकारले सुधार नल्याउने हो भने स्वास्थ्य बिमा कार्यक्रमनै बन्द गर्नु पर्छ ”

सुदूर पश्चिम प्रदेशको एकमात्र ठुलो अस्पताल सेति अञ्चल अस्पतालको कारण सर्वसाधारणमा स्वास्थ्य बिमा प्रति बिश्वास घट्दै गएको दर्ता अधिकारी जानकी मिश्रले गुनासो गरीन् । सरकारी डाक्टरहरुका निजि किल्नीक भएको कारण स्वास्थ्य बिमा कार्यक्रमलाई सहयोग नगरेको उनले आरोप लगाईन् ।

13

दर्ता सहयोगी छनौट्मा विवाद

सुदूरपश्चि प्रदेशका अन्य चार जिल्ला दार्चुला, कञ्चनपुर, डोटि, डडेल्धुरामा अझै स्वास्थ्य बिमा कार्यक्रम सुरु हुन सकेकोे छैन् ।
दार्चुला र कञ्चनपुरमा यहि फागुन भित्र सुरु गर्ने योजना भएपनि दर्ता सहयोगी छनौट्मा बारम्बार विवाद आईरहेको प्रदेश कार्यालयका सुचना अधिकारी नैन सिहं धामिले बताए ।  दर्ता सहयोगि छनौट समितिमा सेवा प्रदायक संस्थाबाट एक जना, वडा अध्यक्ष र वडा सचिव गरी तिन जनाको समितिले छनौट गर्ने व्यवस्था छ ।

स्थानियतहका जनप्रतिनिहरुले आफ्नो नातेदार राख्नु पर्ने भन्दै बारम्बार विवाद गरीरहेका कारण सेवा विस्तारमा ढिलाई भएको धामिले बताए ।

जनप्रतिनिधि र सरोकारवाला सबैले स्वास्थ्य बिमा अभियानमा सहयोग गरे चालु आर्थिक बर्ष भित्र प्रदेशका सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिसक्ने उनको दाबि छ ।

फार्मेसिमा औषधिकाे अभाव

सरकारी अस्पतालका फार्मेसिहरुले आश्वकता अनुसार बाह्र महिना सम्म प्रति महिना ५ लाख बराबरको औषधि आफैले खरिद गर्ने पाउने व्यवस्था छ ।

सो भन्दा बढी रकमको औषधि खरिद गर्दा टेन्टर पक्रियामा जानु पर्ने हुन्छ । जसको कारण ठेकदारहरुले लापरबाही गरी ढिलो औषधि उपलब्ध गर्ने हुदा सरकारी अस्पतालको फार्मेसि हरुमा औषधि अभाव हुने गरेको सेति अञ्चल अस्पताल स्वास्थ्य बिमा सम्पर्क व्यक्ति श्रीराम चौधरीले बताए ।

अञ्चल अस्पतालबाट चालु आर्थिक बर्षको हाल सम्म ओपीडी सेवा, आईपीडी, इमर्जेन्सी र प्रेषण गरिएका गरि जम्मा ४ हजार, ३ सय चार जनाले स्वास्थ्य बिमा बाट सेवा लिएको तथ्याङक छ । तग आर्थिक बर्ष ७ हजार एक सय चार जनाले सेवा लिएको तथ्याङक छ ।

पछिल्लो समय स्वास्थ्य बिमा गर्नेहरुको संख्या बढ्नुको सट्टा घट्दै गईरहेको बिमा अभिकर्ताको बुझाई रहेकोे छ । आर्थिक स्थिति कमजोर विपन्न परिवारहरु स्वास्थ्य सेवा बाट बञ्चिन नहुन भन्ने उद्देश्यले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम कार्यन्वयनमा सरकारी पक्षले चरम लापरबाही गर्नु दुख्खको बिषय बनेको सर्वसाधारणको बुझाई छ ।

 

203 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank