स्वास्थ्यकर्मी नै खाेलाकाे पानी पिउन बाध्य

आइतवार, जेष्ठ १८, २०७७

- दिपक राज जाेशी



बझाङ । कार्यालयको आगनमै सेति नदि बगेको छ । सदरमुकाम चैनपुर बजारबाट सेति नदिकाे पुल पारिपट्टी जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र रहेको छ । स्थापना भएको दिन देखि खानेपानीको समस्या रहेको हुँदा नदिकाे पानी पिउन बाध्य छन त्यहाँ कार्यरत स्वास्थ्यकर्मी   ।

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र प्रमुख डाक्टर सुर्य उपाध्यायका अनुसार, सेति नदिबाट दश लिटरको जर्किनमा पानी बोकेर फिल्टरमा राखेर पिउन प्रयोग गर्ने गरिएको बताउँछन। सेति नदि पनि दिनानुदिन दुर्गन्धित भइरहेको बेला पानी प्रयोग गर्न घिन लाग्ने गरेको स्वास्थ्यकर्मी मिनराज पुरिले बताए । हात धुन समेत सेति नदिमै जानुपर्ने बाध्यता रहेको छ । सडक खन्दा समेत सेति नदिमा माटो परेर धमिलो पानी हुने गरेको साथै बजारको ढल निकास समेत नदिमै मिसाएकोले पानी प्रयोग गर्न घिनलाग्ने गरेको गुनासाे गर्छन कार्यलय प्रमुख उपाध्याय । डाक्टर सुर्य उपाध्याय ले भने,शौचालय मा त्यहि दश लिटरको जर्किन मै बोकेर पानीको आपुर्ती गर्ने गरेको छ ।

सेति नदि  आउने जाने बाटो समेत अफ्ट्यारो भएकोले पानी बोक्न जाँदा नदिमा खस्ने डरले एकदिनमा दश लिटर मात्र बोकेर अफिसमा राख्ने गरेको कार्यालय कि कर्मचारी ज्ञान देबि पुरिले बताइन। वर्षयामको समयमा सेति नदि झनै धमिलो हुने भएकोले खानेपानीको समस्या हुने गरेको छ । सेति नदिको वारिपारी चैनपुर बजार र सो कार्यालय अवस्थित  छ । नदिबाट जर्किन मा ल्याएर बाल्टिन मा भर्ने गरिन्छ । अनि आवस्यकता अनुसार फिल्टरमा राखेर पिउनका लागि प्रयोग गर्ने गरेको छ । स्वास्थ्य केन्द्र मा आउने बिरामि लाई पिउने पानी को समस्या हुनेगरेको नागरिक समाजका अगुवा धर्मजङ बहादुर सिंहले बताए  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments