गरिव र असहायले पाए निशुल्क स्वास्थ्य सेवा

बिहिबार, पुस ७, २०७३

loading...

- धनवीर दाहाल



काठमाडौ ।  हड्डी तथा नशाका बिरामीहरुको लागी निशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा सञ्चालन गरिएको छ । ललितपुरको धोबीघाट स्थित म्यानुयल थेरापी एण्ड पेन रिलिफ सेन्टर प्रालिले निशुल्क स्वास्थ्य परिक्षण गरेको हो । हड्डी र नशा कमजोर भए नभएको बिशेष प्रकारको मेसिनद्धारा निशुल्क स्वास्थ्य जाँच गरिएको छ ।
प्रालिले हरेक महिनाको दुई दिन निशुल्क स्वास्थ्य परिक्षण गरिरहेको छ । बिशेषज्ञहरुबाट बिरामीको जाँच गरी उपचार गरिने गरिएको म्यानुयल थेरापी एण्ड पेन रिलिफ सेन्टर प्रालिका बरिष्ठ हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर किशोरलाल श्रेष्ठले बताए ।
बिरामीको आर्थिक अवस्थालाई मध्यनजर गरी हरेक महिना यसरी निशुल्क स्वास्थ्य जाँच गरिने गरिएको डाक्टर श्रेष्ठको भनाई छ । बिरामीलाई म्यानुयल थेरापी पद्धती, फिजियोथेरापी,अकुपञ्चर र म्यानुयल अकुप्रेसर,मायो र म्यानुयल थेरापी,अक्सिजन थेरापी र लाफिङ ग्यासथेरापी,सुविधा,गरिव तथा असहायलाई बिशेष छुटको व्यवस्था,फार्मेसी सुविधा,होम भिजिटको सुविधा लगाएतका सुविधाहरु दिने गरिएको छ ।
आर्थिक अवस्था कमजोर भएकाले सबैभन्दा बढी लाभ लिएको म्यानुयल थेरापी एण्ड पेन रिलिफ सेन्टर प्रालिले जनाएको छ । हरेक महिनामा आर्थिक अवस्था कमजोर भएका करिव एक सय भन्दा माथीले सेवा पाएको बताइएको छ ।
म्यानुयल थेरापी एण्ड पेन रिलिफ सेन्टर प्रालिमा बिशेषगरी नसा च्यापिएका, मेरुदण्डको हड्डी सरेको, रिंगटा लाग्ने, घाँटी दुखेको, सबै किसिमको बाथ रोग, घुँडाको हड्डी खिइयर जोर्नी सानो भएर गएको र घुँडा फेर्नु पर्नेलाई पनि बिना अपेरशन उपचार गरिनुका साथै मुख बांगिएको, सबै किसिमको प्यारालाइसिस भएकाको उपचार भइरहेको छ ।

चार बर्ष अघि देखी नै हरेक महिनाको २ दिन हड्डी तथा नशाका बिरामीहरुको लागी निशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा सञ्चालन गरिरहेको जानकारी दिइएको छ ।

302 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom