स्वास्थ्यकर्मीलाई दैनिक पाँचसय भत्ता

मङ्लबार, चैत्र १८, २०७६



काठमाडौं । कोरोना भाइरसको संक्रमणको बेला देशभर लकडाउन जारी गरिएको छ ।लकडाउनको अवधीमा काममा खटिने स्वास्थ्यकर्मीहरुलाई गोदावरी नगरपालिकाले स्वास्थ्यकर्मीलाई हरेक दिन ५ सय रुपैयाँ भत्ता दिने निर्णय गरेको छ ।

नगरपालिकाले हरेक स्वास्थ्यचौकीलाई १ महिनामा २५ लिटर ईन्धन उपलब्ध गराउने निर्णय पनि गरेको छ । साथै नगरक्षेत्रमा खटिने सुरक्षाकर्मी र कर्मचारीको कोरोना भाइरसका कारण ज्यान गएमा परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments