गोरु गोठबाट स्वास्थ्य सेवा

बुधबार, पुस ११, २०७५

- प्रमित वि. क.



बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका वडा न.१ मा रहेको साप्पाटा स्वास्थ्यको भवन निमार्ण भैसके पनि व्यबस्थापन हुन नसक्दा स्वास्थ्य चौकी गोरु गोठमा राखेर सेवा दिन बाध्य भएका छन् ।

स्वास्थ्य चौकी को कार्यालय गोठमा राखेर सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र विरामीलाई असहजता भइरहेको छ । पाँच बर्ष भित्र भवन संचालन गरिसक्नु पर्नेमा भवन निमार्ण भएको एक बर्ष बित्ती सकेको छ । तर अहिले सम्म भवन संञ्चालनमा नआएपछि स्वास्थ्य गोरु गोठबाट सेवा दिनु पर्ने बाध्यता भएको स्वास्थ्यकर्मीले दुखेसो गरेका छन् ।

मौसमी विरामीको चाप बढीरहेको छ । स्वास्थ्य चौकि व्यवस्थीत छैन । गोठमै भए पनि सेवा दिइरहेका छौं अहेव सरिता चौधरीले गुनासो गरिन् । स्वास्थ्य चौकीको कार्यालय सानो गोठमा हुँदा स्वास्थ्य सामग्री राख्न समेत गाह्रो भएको उनीहरुको गुनासो रहेको छ ।

गोठलाई जति सफा गरे पनि माथीबाट धुलोे खसेपछि भुईमा राखेको औषधी फोहोर हुन्छ अप्ठेरो ठाउँ हुँदाहुदै आफुले सके जति विरामीलाई सेवा दिईरहेको चौधरीले बताइन् ।स्वास्थ्य चौकी भएको ठाउँमा व्यवस्थित सौचालयको अभाव, खाने पानीको अभाव रहेको कार्यालय व्यवस्थापक मान बहादुर वि.कले बताए ।

220 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank