बडिमालिका नगरपालिकामा शहरी स्वास्थ्य केन्द्र सञ्चालन

शनिबार, कार्तिक १७, २०७५

- प्रमित वि क



बाजुरा । बडिमालिका नगरपालिका–६ कोर्धमा सहरी स्वास्थ्य केन्द्र संञ्चालन गरीएको छ । । स्वास्थ्य सेवा भन्दा टाढा रहेका स्थानीयलाई सहज सेवामा पहुँच पुर्यादै सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरिएको हो ।

बडिमालिका नगरपालिकाले संघिय सरकारसँगको सहकार्यमा नगर भित्रका पाँच वटा स्थानमा सञ्चालन गर्ने तयारी गरेको छ । स्वास्थ्य चौकीसम्म पुग्न घण्टौ बढी समय लाग्ने दुरी भएको बस्तीलाई लक्षित गरी शहरी स्वस्थ्य केन्द्र सञ्चालन गर्न लागिएको नगर प्रमुख पदम बडुवालले बताए ।

कोर्धमा रहेको शहरी स्वास्थ्य केन्द्रको नगर प्रमुख पदम बडुवालले औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको हो । वडा कार्यालयले आयोजना गरेको उद्घाटन समारोहमा बडुवालले व्यानर अनावरण गरेका थिए भने उपप्रमुख कविता विष्टले दिप प्रज्ज्वलन गरेर उद्घाटन गरे ।

वडा अध्यक्ष एवं स्वास्थ्य केन्द्र व्यवस्थापन समिति संयोजक कला बडुवालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नगर प्रमुख उपप्रमुख सहीत जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर रोहीत गिरी, नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ललिता दानी थापा, रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओली, सहास नेपालका कार्यक्रम संयोजक रामबहादुर खत्री, बुढीगंगा स्वास्थ्य चौकी इन्चार्ज मिनबहादुर थापा सहीतको उपस्थिति रहेको थियो ।

शहरी स्वास्थ्य केन्द्र सञ्चालनसँगै सामान्य खालको उपचार र सुत्केरी सेवा कोर्धमै उपलब्ध हुने भएको छ । नगरपालिकाले जनताको सेवाका लागि काम गरिरहेको र चुनावमा गरिएका बाचा अनुसार नै योजनावद्ध काम भईरहेको कार्यक्रममा नगर प्रमुख कविता विष्टले बताइन् ।
कार्यक्रममा नगरप्रम’ख पदम बडुवालले नगरपालिका शिक्षा, स्वास्थ्य, सरसफाइ, भौतिक पुर्वाधार, सुचना र प्रविधिमा विकास गर्ने गरी पाँच वटा प्राथमिकताका साथ अघि बढीरहेको बताए ।

घण्टा लामो दुरी हिँडेर जडागा गएर सेवा लिन’ पर्ने बाध्यताबाट मुक्त पाउन शहरी स्वास्थ्य केन्द्रले सहयोग पुग्ने डाक्टर रोहीत गिरीले बताए । केन्द्रमा एक जना अहेव र २ जना अनमी सहीत तीन जना कर्मचारी २४ घण्टे सेवाका खटाउने खटाउने भएको छ ,।

गाउँमै स्वास्थ्य उपचार र सुत्केरी सेवा पाउने भएपछि कोर्ध बासी खुसी भएका छन् । रातको समयमा जडाङ्गा जानु पर्ने बाध्यता हटेको स्थानीय विष्णु बहादुर बडुवालले बताए शहरी स्वास्थ्य केन्द्रबाट कोर्धका ४ सय बढी परिवार सेवा पाउने छन् ।

128 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank