कोरना : वुहान अस्पतालका प्रमुखको मृत्यु, मृतकको संख्या १८७० पुग्यो

मङ्लबार, फाल्गुन ६, २०७६



एजेन्सी । मध्य चीनको हुवेई प्रान्तको वुहान वुचांग अस्पतालका प्रमुख लियू झिमिंगको मृत्यु भएको छ ।

प्रमुख झिमिंगको  नोवेल कोरना भाइरस संक्रमति बिरामीहरूलाई उपचार गर्ने क्रममा निमोनियाको कारण मृत्यु भएको चिनिया अधिकारीहरूले बताएका छन् ।

उनको मंगलबार बिहान १० बजे मृत्यु भएको चिनिया समाचार एजेन्सीहरूले जनाएका छन् ।

डिसेम्बरदेखि मध्य चीनको हुवेई प्रान्तको वुहान शहरमा प्रथमपटक देखिएको कोरना भाइरस प्रकोपका कारण हालसम्म  १,८७० जना मृत्यु भइसकेको छ । २ जनाको चीन शाशित ताइवान र  हंगकंगमा मृत्यु भएको हो भने अन्य तीन व्यक्तिको चीनबाहिरको देशमा मृत्यु भएको हो ।

हालसम्म कोरना भाइरस (कोभीड-१९) संक्रमतिको संख्या ७२,५२८ पुगेको  छ, जसमध्ये ८०० जना चीन बाहिर रहेका छन् । यस्तैगरी १२,५५२ जना  स्वाथ्यउपचारपश्चात घर फर्किएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments