सुदुर साहित्य र हाइपर क्रु नेपालद्वारा सद्भावका लागि सिर्जना वाचन

बिहिबार, अशोज २५, २०७५



बाजुरा । बडादशैं शुभारम्भ भएको दिनको अवसर पारी मार्तडीमा साहित्यीक कार्यक्रम आयोजना गरिएको छ । सद्भावका लागि सिर्जना वाचन नाम दिईएको कार्यक्रम बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा सञ्चालन गरिएको हो ।

सुदुर साहित्य प्रतिष्ठान र हाइपर क्रु बाजुरा प्यानलको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष हर्क खडकायतले बताए । मुख्य ती उद्देश्य शुभकामना आदान प्रदान, सिर्जना वाचन र सहयोग हस्तान्त्रणका लागि कार्यक्रम आयोजना गरेका हौं, खडायतले भने । दशैंको आगमनलाई बिशेष र खास बनाउन कै लागि नेपाली साहित्यका विविध सिर्जनाको प्रवद्र्धन र सद्भाव पूर्ण दशैंका लागि सिर्जना मार्फत दबाब दिन कार्यक्रम आयोजना गरिएको हाइपर क्रु बाजरा प्यानलका अध्यक्ष विरेन्द्र थापाले बताए ।
न समाज बन्नेछ न हामी बन्नेछौं ।
दाजुभाइ बीच हुने काटामारहरुले ।।
मानवता र मन सबैसँग हुनु पर्छ ।
चोला त फेरेकै हुन्छन झारहरुले ।।

यस्तै सिर्जना सुनिसकेपछि स्रष्टाको जमघट र कला साहित्यको प्रवद्र्धन गर्न गरिएको कार्यक्रम सान्दर्भिक र सन्देश मुलक रह्यो भन्छन्, बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवाल । बडुवाल स्वयम कार्यक्रमका प्रमुख अतिथि हुन् । वालोपन देखि गाउँ समाजलाई मनछुने गरि व्यक्त गने स्रष्टा बाजुरामै छन्, भन्ने सिर्जना वाचन सुनेर थाह भयो, बडुवालले शुभकामना मन्तव्यमा थपे । कार्यक्रममा २० बढी स्रष्टाले सिर्जना वाचन गरेका थिए । समाजमा बढ्दो विकृति, विसंगति र विमतिलाई सद्भावले नै कम गर्ने हुँदा सिर्जनाबाट दिन खोजिएको सन्देश र रसिलो सुझावबाट सकारात्मक सन्देश प्रवाह हुने मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष लालबहादुर ओलीले बताए ।

वाचनमा सहभागि मध्येबाट चार जनाले कविता वाचन, २ जनाले देउडा गीत प्रस्तुती, २ जनाले सायरी र मुक्त वाचन गरेका थिए भने बाँकी अधिकांशले गजल वाचन गरेका थिए । २ घण्टा लामो सिर्जना वाचन कार्यक्रममा सामाजिक सद्भाव, माया प्रेम र देश प्रेमसँग जोडिएका र दशैमा घर फर्किन नपाएका वेदनाले भरिएका सिर्जना वाचन गरिएका थिए ।
कार्यक्रममा महेश जोशी, कृष्ण अविरल, नरेन्द्र थापा, वीरबहादुर विष्ट, रोशनी रोकाया, राजेन्द्र विक, राजेन्द रोकाया, सुरज बडुवाल, सन्तोशी रावल, रोशनी रावल, आशा कुमारी थापा, विश्वराज जैशी, रामबहादुर खत्री, धर्मबहादुर रोकाया लगायतले सिर्जना वाचन गरेका थिए ।
न हाम्रा आउनेछन न हाँसो आउने छ
आउने छ त केवल गुनासो आउने छ
निष्ठुरी हुन या नियती साहुले जानोस
आएपनि त प्रदेशबाट नासो आउने छ
यस्तै गजल र अन्य सिर्जनाले दशैको बिशेष भाव बोकेका थिए । सिर्जनाले समाजलाई संवोधन गर्ने र समाजको तस्वीर देखाउने हुँदा दशै विशेष कार्यक्रमले दिन खोजेको सन्देश समाजका लागि मात्र सकारात्मक नभई सिंगो साहित्यको क्षेत्रको विकास गर्नमा योगदान पुग्ने सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताए । सुदूर साहित्य प्रतिष्ठानको स्थापनासँगै जिल्लामा साहित्यीक गतिविधि मौलाउदै गएको छ ।
उपचारका लागि सहयोग
सोही कार्यक्रमको अवसरमा हाइपर क्रु बाजुरा प्यायनले भीरबाट लडेर घाइते भएका गौमुलका शिव रोकायाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । प्यानलमा आवद्ध सदस्यहरुको तर्फबाट १८ हजार रुपैया सहयोग गरिएको हो ।

hcn

आर्थिक अभावमा उपचार गर्न नपाएका रोकायालाई सहयोग स्वरुप १८ हजार रुपैया सहयोग गरिएको हाइपर क्रु बाजुराका प्यानलका संयोजक बिरेन्द्र थापाले बताए । रकम दशै बिशेष सद्भावका लागि सिर्जना वाचन कार्यक्रमको अवसरमा थापाले सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ललाई हस्तान्त्रण गरेका हुन्।

सहयोग गर्नेमा प्यानका तर्फबाट संयोजक विरेन्द्र थापा २५००, सेतो गुराउँसा बाल विकास सेवा बाजुराका कार्यक्रम संयोजक देवु खातीबाट ५०००, लोकेन्द्र खड्का, सुलोचना शाह, महेश जोशीबाट २-२ हजार, टेक थापा, सुप्रिया सिवाकोटी, विश्वराज जैशी, प्रेम सार्कीबाट १-१ हजार र राजेन्द्र विकले ५ सय गरी १८ हजार नगद सहयोग गरेका हुन् ।

341 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank