हवाई उडान र अन्तर्राष्ट्रिय नाका जेठ मसान्तसम्म बन्द

बिहिबार, जेष्ठ ८, २०७७



आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । बुधबार बसेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले जेठ मसान्त अर्थात् १४ जुनसम्म उडान बन्द गर्ने निर्णय गरेको हो ।

१४ जुनसम्म आन्तरिक र बाह्य उडान बन्द गर्ने समितिको निर्णय आएको नेपाल नागरिक उड्डयनप्राधिकर ण महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

यसअघि १८ जेठसम्म उडान बन्द गर्ने निर्णय गरिएको थियो । तर, पछिल्लो केही दिनयता दिनहुँ कोराना संक्रमितको संख्या बढेपछि उडान थप बन्द गर्ने निर्णय गरिएको छ ।

बुधबार साँझसम्म नेपालमा ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमभ्ये ४५ जना निको हुँदा २ जनाको मृत्यु भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments