आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गते सम्म बन्द गर्ने निर्णय

शनिबार, बैशाख १३, २०७७



काठमाडौं । उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्म लम्बाउने निर्णय गरेको छ। यस अघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइएको थियो।

शनिबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय लिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए।

 छिमेकी मुलुक र अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेको अवस्थालाई विचार गर्दै जानुपर्छ भन्ने विषयमा छलफल भएको छ’, सचिव विडारीले भने, ‘कति दिनसम्म थप गर्ने भन्ने विषयमा नेपाल सरकार तथा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments