हावाहुरी पीडितकाे उपचारको जिम्मा प्रदेश सरकारले लिने

शुक्रबार, जेष्ठ २४, २०७६



कैलाली । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा विहिबार राती आएको हावा हुरीमा परि घाइते भएकाको उपचारको जिम्मा सूदुरपश्चिम प्रदेश सरकारले लिएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले पत्रकार सम्मेलको आयोजना गरि घाइतेहरुको उपचारको जिम्मा प्रदेश सरकारले लिने जानकारी दिएका हुन । भिषण हावाहुरीका कारण विधुत, खानेपानी राजमार्ग अबरुद्ध भएकोमा तत्काल शुचारु गर्नका लागि सम्बन्धीत निकायलाई निर्देशन दिइसकेको मन्त्री शाहले बताए ।

गए रातिको हावाहुरीले कैलाली, कञ्चनपुर कारण २ जनाको मृत्यु भएको छ भने १०३ जना घाइते भएका छन् । घाइतेमध्ये ८३ जना विभिन्न अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएकाे प्रहरीले जनाएकाे छ ।

हावाहुरीको कारण मृत्यु हुनेमा कैलाली टिकापुर नगरपालिका-२ राजिपुर बस्ने ४७ वर्षीय लाहानु दबैरा र कैलाली गोदावरी नगरपालिका-८ बस्ने ३५ वर्षीय बीर बहादुर चौधरी रहेका छन् । हावाहुरीले पोल्ट्री फर्मको पर्खाल भत्किदाँ बेहोश भएका लाहानु दबैरालाई उपचारको लागि टिकापुर अस्पताल लगिएकोमा थप उपचारको लागि नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने चौधरी सवार से।१ प ५८२१ नम्बरको मोटरसाइकल हुरीले अनियन्त्रित भई बा।३ प ३८३६ नम्बरको टिपरमा ठोक्किदा उनको मृत्यु भएको हो ।

हावाहुरीमा परी कैलालीमा घाइते भएका ७८ जनामध्ये ६ जनाको अञ्चल अस्पताल कैलालीमा तथा २ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र २ जनालाई थप उपचारको लागि भारततर्फ लगिएको छ भने ६८ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank