हावाहुरीका कारण ७६ घरमा क्षति

मङ्लबार, बैशाख ३०, २०७७



कञ्‍चनपुर । कञ्‍चनपुरमा हावाहुरीका कारण ७६ वटा घरहरुमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले संकलन गरेको विवरण अनुसार आइतवार साँझ आएको हावाहुरीका कारण स्थानिय बासिन्दाको घरको छाना उडाउनुका साथै घर भत्काएको छ ।

मानवीय र चौपाया क्षति भने भएको छैन । जिल्ला भरी ५० वटा विद्युतका पोल हावाहुरीका कारण ढलेका छन । विद्युतका पोल ढलेपछि हिजो साँझ देखि कञ्चनपुरको विद्युत सेवा ठप्प रहेको छ । एक वटा एनसेल टावर र एक वटा एफएम रेडियोका टावर हावाहुरीका कारण ढलेका छन ।

हावाहुरीकै कारण शुक्लाफाँटा नगरपालिकास्थित प्रहरीको विटनजिक रुख ढल्दा विट पुरै क्षतिग्रस्त भएको छ । हावाहुरीमा परेर बेदकोट नगरपालिका नयाँगाउका एक जना बालिका घाइते भएको र बालिकाको महाकाली अस्पतालमा उपचार भइरहेको छ । विद्युतका ढलेका पोल मर्मत गर्ने कार्य शुरु गरिएकाले आज साँझ सम्म बजार क्षेत्रमा अबरुद्ध विद्युत सेवा सुचारु गरिने नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण शाखाले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments