गजल-मदिराको मस्ती भो

सोमवार, बैशाख २२, २०७७

- सीता ओझा



मदिराको मस्ती भो सुहागको पूर्वमा
गलेझैँ छलेको किन हो ?यो मध्ये रातमा

मर्नै पर्ने जुनी हो भने , म किन गम हुने
अवसर छोडेर किन ?बिन्तीमा म रुने

छेउमै भएर पनि चुप थियौ हिजो तिमी
म गएपछि फेरि?किन खरानी भयौ तिमी

न हात दियौँ न साथमा भयौ तिमी
किन फर्कियौ ? लाख बिन्तीमा तिमी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments