तुलसीपुर उपमहानगरको वजेट- १ अर्व ५७ करोड ४१ लाख ९१ हजार बढी

कृषकलाई पोशाकदेखि चक्रपथ निर्माणसम्म

सोमवार, असार ११, २०७५

- शरद रेग्मी



तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को वजेट प्रस्तुत गरेको छ । उपप्रमुख माया आचार्यले १ अर्व ५७ करोड ४१ लाख ९१ हजार २ सय ७ रुपैयाको वजेट तेस्रो नगरसभाको दोस्रो वैठकमा पेश गरेकी हुन् ।

विनियोजित वजेटमा प्रशासनिकतर्फ ९.२ प्रतिशत र पुँजिगत विकास र वडास्तरीय पूर्वाधार विकासतर्फ ९०.८ प्रतिशत वजेट विनियोजन गरिएको छ । वजेटमा कृषि, पूर्वाधार विकास र शिक्षालाई प्राथमिकता दिइएको छ ।  सवै पक्षलाई सम्वोधन गरिएको भनिएको वजेटमा भौतिक पूर्वाधारतर्फ ३० करोड, चक्रपथ निर्माणका लागि प्रदेश सरकारको सहयोगमा ५ करोड, आधुनीक वधशाला र मिटमार्ट निर्माणका लागि २ करोड, तुलसीपुरमा तरकारी तथा फलफुल वजारका लागि २ करोड व्यवस्था गरिएको छ ।

त्यसैगरी दूर्गम क्षेत्रका वडा निर्धारण गरेर सबै वडाका लागि एकमुष्ट ४ करोड रकम विनियोजन गरिएको छ । यसैगरी भौगोलिक रुपले पछाडि परेका दुर्गम वडाका रुपमा १,३,४,१३ र १९ लाई तोकिएको छ ।

36049447_2003444966356577_8548695325341122560_n (1)

वजेटले कृषिलाई प्राथमिकतामा राखेको छ । तुलसीपुरलाई दुधमा आत्मनिर्भर वनाउनका लागि दुग्ध सार्वजनिक, नीजि, सहकारी र समुदायको सहकार्यमा डेरी उद्योग सञ्चालनका लागि रु १ करोड विनियोजन गरिएको छ । उत्पादनलाई वढावा दिएर कृषिमा तुलसीपुरलाई आत्मनिर्भर वनाउनका लागि वजेटमा व्यवस्था गरिएको छ ।

कृषि अन्तर्गत व्यावसायिक कृषि तथा पशुपालनको विकास, व्यावसायिक किसान पोशाक तथा परिचय पत्र वितरण, व्यावसायिक फलफुल वगैचा निर्माण, वाह्रै महिना सिचाँई सुविधा उपलब्धता, शित भण्डार निर्माण गर्नका लागि कृषि, पशुपालन र सिँचाई क्षेत्रमा एकमुष्ठ रु ६ करोड रकम विनियोजन गरिएको छ । तुलसीपुरलाई फलफुलमा आत्मनिर्भर वनाउनका लागि निशुल्क विरुवा वितरण र अनुदानका लागि पनि वजेटमा रकम विनियोजन गरिएको छ । त्यस्तै अध्ययन,अनुसन्धान र प्रविधिलाई प्रयोग गर्नका लागि निर्माण गरिने तुलसीपुर आविष्कार केन्द्रलाई रु २५ लाख विनियोजन गरिएको छ । यसैगरी सञ्चार क्षेत्रलाई व्यवस्थित वनाउनका लागि रु ३० लाख वजेट विनियोजन गरिएको छ । तुलसीपुरमा मेट्रो कलेज आगामी आर्थिक वर्षबाट सञ्चालन गर्नका लागि १ करोड रकम विनियोजन गरिएको छ ।

उपमहानगरको वजेट विगतमा भन्दा यसपटक वढि विकासमा केन्द्रीत रहेको छ । यस अघि टुक्रा योजनामा धेरै रकम खर्च गरेको उपमहानगरले आगामी आर्थिक वर्षबाट गौरवपूर्ण योजनालाई वढि प्राथमिकता दिएको छ । वजेटमा थारु जातिमा रहेको सिकलसेल एनेमिया र वर्थडिफेक्ट सम्वन्धि अनुसन्धान र सचेतनाका लागि १६ लाख रकम छुट्याइएको छ भने राप्ती आँखा अस्पतालमा मोतिविन्दुको अपरेशनमा सहकार्य गर्नका लागि १५ लाख वजेट विनियोजन गरिएको छ ।
तुलसीपुरलाई प्रविधिसँग जोडेर १९ वटै वडाबाट इन्टरनेट सेवामार्पmत कार्यालयको काम गर्नका लागि ५० लाख वजेट विनियोजन गरिएको छ भने तुलसीपुरमा साहित्य र संस्कृतिको विकासका लागि १० लाख विनियोजन गरिएको छ । ठूला गौरबका पूर्वाधार विकासका लागि निजी, सहकारी र समुदायसँग सहकार्य गरेर खानेपानी, वहुउद्देश्यीय तुलसी टे«ड टावर, पार्क लगायत अन्य पूर्वाधार विकासका लागि समपुरक कोषमा रु १० करोड रकम उपमहानगरले विनियोजन गरेको छ ।

वजेटमा नमुना कुरा

तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को वजेटमा किसानको आत्मसम्मानका लागि कृषि पोशाकसँगै आविष्कार केन्द्र स्थापना सम्मका नमुना कामहरु रहेका छन् । फलफुल वर्षका रुपमा घोषणा गरेर वजेट विनियोजन हुनुका साथै स्मार्ट छोरी,इ गभर्नेन्स, वगर खेति,एनिमल एम्वुलेन्स लगायतमा निकै महत्वपूर्ण कुराहरु वजेटमा रहेका छन् । वजेटमा तुलसीपुरमा लगानी सम्मेलन गरेर लगानी भित्र्याउने काम गर्ने सम्मका कुराहरुलाई समेटिएको छ ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको तेस्रो अधिवेशनको दोस्रो वैठकमा विनियोजन ऐन र आर्थिक ऐन पनि प्रस्तुत गरिएको थियो । वजेटका वारेमा छलफल गरेर असार अन्तिम साता सम्म पारित गर्ने उपमहानगरको योजना रहेको छ ।

140 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank