हत्यारा !

बिहिबार, चैत्र २१, २०७५



===हत्यारा===

सफेद कागजको सिरानमा
कोरिदिएँ एउटा शब्द
“जननी”

मध्य भागमा
मेरि आमाको चित्र बनाएँ
र, गर्भमा मसिना अक्षरले लेखिदिएँ
“छोरी”

लाग्यो,
गर्भमा रहदाँको अनुभव
म चित्रबाटै भनेपनि किन महशुस नगरुँ ?

हत्तपत्त गर्भबाट “छोरी” शब्द
मेटाई लेखेँ
“म”

“छोरी” शब्द हरपल बोलिरह्यो
“तँ हत्यारा होस् ।”

55822111_329061551296780_2081268253161684992_n

© અમિનવ પ્રત્યૂષ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata