१८ वर्षीया लक्ष्मीको बलात्कारपछि हत्या, किटानी जाहेरी दिँदासमेत पक्राउ नगरेकोमा परिवारको आक्रोश

मङ्लबार, भदौ २६, २०७५



काठमाडौँ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–७ की १८ वर्षीय लक्ष्मी नेपालीको बलात्कारपछि हत्या भएको र हत्याराको बारेमा किटानी जोहरी दिँदासमेत प्रहरीले अहिलेसम्म अपराधीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले आक्रोस पोखेका छन् ।

पीडित परिवारले तत्काल अपराधी पहिचान गरि पक्राउ गरेर कानून अनुसार कडा कारबाही गर्न समेत माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित परिवारले भदौ ७ गतेबाट बेपत्ता भएर मृत भेटिएकी छोरीका हत्यारालाई प्रहरीले पहिचान गरेर पक्राउ गर्न नसकेको आरोप लगाएका हुन ।

छोरीको हत्यामा संलग्न भएको दाबी गर्दै किटानी दिँदासमेत हत्यारालाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको भन्दै मृतक नेपालीका बुबा तुलामान नेपालीले सरकारप्रति आक्रोश पोखे ।  उनले भने, ‘छोरीको हत्याराको नामसहित मैले जाहेरी दिएको छु । विगत लामो समयदेखि छोरीसँग कुरा गर्ने र बिदेशमा बस्ने खोटाङका अनिल परियारको नाममा मैले जाहेरी दिएको छु । छोरी वेपत्ता भएको ४ दिनसम्म छोरीको मोबाईलमा फोन लागिरहेको थियो । तर, प्रहरीले पक्राउ गर्न सकेन । मैले गृहमन्त्री रामबहादुर थापा बादललाई समेत भेटेर न्याय दिन आग्रह गरिसकेको छु । प्रहरी प्रशासनले अनुसन्धान भईरहेको छ भन्छ । तर, खै परिणाम अहिलेसम्म केही पनि आएको छैन् । मेरो माग दोषीको पहिचान गरि उसलाई कडाभन्दा कडा कारबाही गर्नुपर्यो भन्ने हो ।’

कार्यक्रममा महिला आयोगकी पूर्वअध्यक्ष मनु हुमागाइँले वर्तमान सरकार महिलाको बारेमा सुरक्षा दिन पूरै असफल भएको आरोप लगाएकी छन् । उनले भनिन्, ‘वर्तमान सरकार महिलाको सुरक्षाको बारेमा गम्भिर देखिएन । १९ दिनसम्म पनि लक्ष्मी नेपालीका हत्यारालाई पक्राउ गर्न सकेको छैन् । प्रहरी प्रसाशनले तदारुकताका साथ काम गर्न सकेन । सरकार त पूरै अपराधी र गुण्डाहरुको ईशारामा चलेकोजस्तो देखिन्छ । निर्मला पन्तको हत्या भएको डेढ महिना भईसक्यो । त्यत्रो आन्दोलन भयो । अर्को बालकमाथि गोली प्रहार गरियो र ज्यानै गयो । आजका दिनसम्म अपराधिलाई पक्राउ गरेर सार्वजनिक गर्न सकेको छैन् ।’

230 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank