आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या

बिहिबार, असार ५, २०७६



बर्दिया । बर्दियाको राजापुर नगरपालिका–३ नङ्गापुरमा एक व्यक्तिको हत्या भएको छ । गए राति  ५५ वर्षीय जयराम थारूको आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।

मृतकको घरमा उनी र उनकी बुहारी मात्र घरमा रहेको खुलेको छ । बुहारी घरभित्र चुकुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए ।

उनका छोरा भने वैदेशिक रोजगारमा गएको थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजीत महराले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata