पाकिस्तानमा हज यात्रीलाई दिइने अनुदान कटौती

बुधबार, माघ २३, २०७५



इस्लामावाद । आर्थिक मन्दीको चपेटामा परेको पाकिस्तानी सरकारले एक कठोर कदम चालेको छ ।  पाकिस्तानी जनतालाई हज अनुदानको रकम कटौती गर्दै ठूलो रकम बचत गर्ने सरकारी निर्णय संघीय मन्त्रीपरिषदको बैठकले लिएको छ । हजयात्रीलाई दिइने सब्सिडी समाप्त गरे सँगै ४५० करोड रुपैयाँ बचत हुनेछ ।

पाकिस्तानीको धार्मिक एवंम आपसी सौहार्द मामिला मन्त्री नुरुल हक कादरीले यस्तो जानकारी दिए । पाकिस्तानी मिडियाले मन्त्री कादरीको हवाला दिदैं भनेको छ । पूर्ववर्ती सरकारले हजयात्रीलाई ४२ हजार रुपैंया सब्सिडी दिने गरेको थियो । जसको कारण ४५० करोडको अतिरिक्त बोझ मुलुकले बेहोरी रहेको छ ।

खर्च कटौती प्रस्तावले देशको आर्थिक स्थिति सुधार्ने संघीय सरकारको दावा छ । मन्त्री कादरीले जनाए अनुसार यस वर्ष १ लाख ८४ हजार मानिस हजयात्रा गर्ने छन् । यस मध्ये १ लाख ७ हजार मानिसले सरकारी कोटामा हज यात्रा गर्न निवेदन दिएकोमा खर्च कटौती पश्चात सम्पुर्ण मानिस नीजि कोटामा हजयात्रामा जाने छन् ।

150 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank