अग्नि सापकोटाको मुद्दा हरिप्रसाद फुयालको इजलाशमा

आइतवार, माघ १२, २०७६



काठमाडौं । प्रतिनिधिसभाकाे सभामुखका लागि उम्मेदवारी दिएका नेकपाका सांसद अग्नि सापकोटाविरुद्ध दायर भएको रिट निवेदन न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलाशमा पेशी तोकिएको छ।

नेता सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिट न्यायाधीश फुँयालको एकल इजलासमा परेको हो । रिटमा सापकोटालाई सभामुख बनाउन नहुने पाँच बुँदा उल्लेख गरिएका छन् ।

सापकोटामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको निवेदन सर्वोच्चमा विचाराधिन रहेकाले सभामुख नियुक्त नर्गनु भनी अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ। रिटमा सापकोटले द्वन्द्वकालमा काभ्रे जिल्लामा अर्जुन लामाको हत्या गरेको आरोप रहेकोले उनीमाथि अनुसन्धान गर्न सभामुख पदले प्रभावित हुने भएकाले रोक्न माग गरिएको हाे।

सभामुखको निर्वाचन पनि आजै रहेको छ। सभामुख चयनका लागि प्रतिनिधिसभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments