भारतीय खेलाडीसँग पराजित भएपछि प्रशिक्षक खड्काले दिए राजीनामा

सोमवार, मंसिर २३, २०७६



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपाली महिला फुटबल खेलाडीले भारतीय खेलाडीसँग हारेपछि प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन ।

महिला फुटबलको फाइनलमा भारतसँग नेपाल २–० गोल अन्तरले पराजित भएको थियो । तीनवटै संकरणको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएपछि प्रशिक्षक खड्काले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments